सिम्पलको दायाँ बायाँ महादेव

काठमाडौ । आगामी फागुन ३ गतेबाट रिलिज हुने फिल्म ‘जादुगर २ जोकर’को ‘दायाँ बायाँ’ सार्वजनिक भएको छ । गीतमा महादेव त्रिपाठी र सिम्पल खरेल फिचर्ड छन् । गीतमा टंक बुढाथोकीको शब्द, संगीत तथा स्वर समावेश गरिएको छ । गीतमा सोम लामाको कोरियोग्राफी रहेको छ ।

याक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म जादुगर तथा कलाकार महादेव त्रिपाठीकै निर्देशन छ । उनले आफुले विश्वकै होचा कलाकार स्वर्गीय दिपेन शाहका लागि फिल्म निर्माण गरेको बताए । फिल्ममा गणेश श्रेष्ठ, कुमार सिलवाल र कर्णबहादुर तामाङको लगानी रहेको छ ।

फिल्ममा स्वर्गीय दिपेन शाहका अलवा महादेव त्रिपाठी, रिहान राज गिरी, संगीता लामा, लक्ष्मी श्रेष्ठ, पुजा परियार, सिम्पल खरेल, शिव शंकर रिजाल, सुरेन्द्र केसी, रेशम फिरिरि, अञ्जु थापा, सरु धिमाल, विनोद राई, बिनोद लामा, बिनोद अधिकारी, राजेन्द्र गिरी, राजिव धमाला लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा नवराज श्रेष्ठको विशेष भुमिका रहेको छ ।

फिल्ममा बिषेश पन्तको कथा, पटकथा तथा संवाद, मधुर बस्नेतको छायांकन, सम्राट बस्नेतको द्धन्द्व, शिव विक, दिपक मदन सिंह र सोम लामाको कोरियोग्राफी, सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री र धुव्र विश्कोको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको छ ।