वेटरनमा जासुस सलमान

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार सलमान खान हालका दिनमा आफ्नो फिल्म ‘भारत’को सुटिङमा व्यस्त छन् । यो फिल्मको निर्देशन अली अब्बास जफरले गरिरहेका छन् । ‘भारत’मा सलमान व्यस्त भइरहँदा अर्को एक फिल्मबाट उनलाई अभिनयको प्रस्ताव आएको छ । यो कोरियन रिमेक फिल्ममा उनी जासुसको भूमिकामा देखिनेछन् ।

सलमान दक्षिण कोरियाली सुपरहिट फिल्म ‘वेटरन’मा जासुस भूमिकामा देखिन लागेका हुन् । यो फिल्मको हिन्दी रिमेकका लागि रिल लाइफ प्रोडक्सनले अधिकार लिइसकेको छ । फिल्म ‘वेटरन’लाई रू सियङ–वाङले निर्देशन गरेका थिए । फिल्ममा ह्वाङ जुङ मिनले एक प्रहरीको भूमिका निर्वाह गरेका थिए ।

सलमानको फिल्म ‘भारत’ मा कटरीना कैफ, तब्बू, दिशा पाटनी, जैकी श्राफ र सुनील ग्रोवरको अभिनय छ । यो फिल्म यसै वर्षको इदमा रिलिज हुँदैछ ।