अफेयरमा धडक जोडी ?

मुम्बई(एजेन्सी) । बलिउड नायिका जाह्नवी कपुर र नायक ईशान खट्टर प्रेमसम्बन्धमा रहेको हल्ला पहिला नै गलत साबित भइसकेको हो । तर पछिल्लो समयमा यो जोडीको बढ्दो नजिकपना र प्रायः सँगै देखिन थालेपछि उनीहरुको सम्बन्धलाई लिएर पुनः चर्चा सुरु भएको छ । हालै मात्र यो जोडीले एउटै रंग र एउटै कुरा लेखेको पहिरन लगाएपछि उनीहरु अफेयरमा रहेको चर्चा सुरु भएको हो ।

केही समय अघि मात्र जाह्नवी रातो रंगको पहिरनमा सार्वजनिक रुपमा देखिएकी थिइन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले इशानको त्यस्तै पहिरनलाई खोजेर बाहिर निकाले पछि अहिले इशान र जाह्नवीको फोटो टाँसेर सामाजिक सञ्जालमा राखेका छन् । जुन तस्बिर भाइरल बनेको छ ।

फिल्म ‘धड्क’ रिलिज पछि यहि फिल्मबाट डेब्यु गरेका यो जोडी प्रेममा रहेको अड्कलबाजी चल्न थालेको थियो । तर करण जोहारको टेलिभिजन शोमा दुवैले यो कुरालाई अस्वीकार गरेका थिए ।