प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता

काठमाडौं । नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी ‘स्वच्छ वातावरण महाअभियान’को अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।

अभियन्ताको रुपमा नियुक्त भएका उनीहरुले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ । मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो । केहि साताअघि मात्र उनीहरुले सामाजिक काममा योगदान पु¥याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका थिए ।

प्रियंका र आयुष्मानले स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए । उनीहरुले आफुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।