डेढ दशकपछि सिजन्सको पुनरागमन

काठमाडौं । हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ झण्डै डेढ दशकपछि संगीत क्षेत्रमा पुनरागमन गर्दैछ । २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समुह १४ वर्षपछि चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारीमा छ ।

ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन् । व्यान्डमा संगीतकर्मी सुजिल कर्माचार्य गायन तथा लिड गिटारिष्ट, ज्ञानेन्द्र प्रधान गायन र रिदम, चन्द्र लामा गायक तथा ड्रमर, शैलेन्द्र प्रधान किबोर्डिष्ट, सञ्जय श्रेष्ठ बास गिटारिष्ट, उपेन्द्र श्रेष्ठ व्यवस्थापक छन् ।

ब्याण्डले यसअघि गाएका गीतहरु ‘सुनेको कुरा’, ‘असार साउन’, ‘रातो माटो’, ‘असफल जिन्दगी’, ‘सपना मात्र’ गीत लोकप्रिय छन् । समूहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

चौथो एल्बम तयार पार्ने क्रममा सिजन्सलाई स्टेरियो रेकडले व्यवस्थापकिय साथ दिएको छ । ब्याण्डको नया एल्बम तथा म्युजिक भिडियोहरुलाई स्टेरियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर निरज श्रेष्ठ बताउ“छन् । निरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ ।