आफ्नो कहानी सुनाउँदै दीपशिखा

काठमाडौं । आगामी चैत ८ गते रिलिज हुने फिल्म ‘प्रेमलीला’को नयाँ गीत ’को नयाँ गीत ‘सबको कहानी उस्तै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका स्टिल दृश्यलाई समेटिएको छ ।

गीतमा डा. कृष्णहरि बरालको शब्द, महेश खड्काको संगीत र शोभा पाण्डेको स्वर छ । फिल्ममा दीपशिखा खड्का, मौसम खड्का र अली खानको प्रमुख भूमिकामा अभिनय रहेको छ ।

फिल्ममा पवन गौतमको छायांकन, रेबन थापाको द्वन्द्व, चन्दन दत्त र सालिक दुलालको सम्पादन, दीपशिखाकै कथा, पटकथा र संवाद छ । फैजिल फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा नानी मैया कार्की निर्मात्री छिन् । फिल्ममा नायिका दीपशिखालाई फरक गेटअपमा देख्न पाइनेछ ।