अलिसालाई फकाउँदै भीमफेदी गाइज

काठमाडौं । गायक आर के खत्रीको स्वर रहेको गीत ‘सिंगल छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवीन प्रभातको शब्द रहेको गीतमा गायक खत्री कै संगीत र रिकेश गुरुङको एरेन्ज छ । भिमफेदी गाइजका निर्मल लामाको भिडियो कोरियोग्राफी रहेको गीतमा भिमफेदी गाइज र अलिसा राई फिचर्ड छन् ।

गायक खत्रीलाई पनि भिडियोमा देख्न सकिन्छ । भिमफेदी गाइजका निर्मल लामाकै निर्देशन रहेको गीतको भिडियोमा छायांकन र सम्पादन पवन सुस्लिङको छ । आर के खत्री सम्भावना बोकेका गायक हुन् ।

यस अघि उनको ‘सुन सान रातमा’, ‘हेरन’, ‘रातो लिपिस्टिक’, ‘तिमी भन्छौ मलाई’, ‘एक बोत्तल’ लगायत गीत सार्वजनिक भईसकेका छन् । सांगीतिक माहोलमै हुर्किएका खत्री गायक कमल खत्रीको भाई हुन् ।