दोहोरो भुमिकामा रणवीर कपुर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपूर कस्ता किसिमका भर्सटायल कलाकार हुन् भन्ने कुरा दर्शकलाई बताइरहनु पर्दैन् । हालसम्म उनले अभिनय गरेका सबै फिल्ममा उत्कृष्ट अभिनय गरेर यो कुराको सिद्ध गरिसकेका छन् । तर उनले हालसम्म कुनै पनि फिल्ममा दोहोरो भूमिकामा अभिनय गरेका छैनन् । तर अब उनले फिल्ममा दोहोरो भूमिकामा अभिनय गर्दै दर्शकलाई उपहार दिने भएका छन् ।

समाचार अनुसार फिल्म ‘शमशेरा’मा उनी एक डाकुको भूमिकामा देखिनेछन् । फिल्ममा रणवीर पिता र छोरा दुबैको भूमिकाको सुटिङ सँगै गरिरहेका छन् । यो महत्वकांक्षी फिल्मको निर्देशन करण मल्होत्राले गरिरहेका छन् । यसअघि उनले फिल्म ‘अग्निपथ’ जस्तो सुपरहिट फिल्म निर्देशन गरेका थिए ।

फिल्म ‘शमशेरा’ ब्रिटिसकालिन कथाको हुनेछ । फिल्ममा एक डकैत कसरी स्वतन्त्रताको आन्दोलनमा सहभागी हुन्छ र आफ्नो अधिकार प्राप्त गर्छ । फिल्ममा रणवीरका अलावा सञ्जय दत्त र वाणी कपूर पनि प्रमुख भूमिकामा छन् ।