हेरुकासँग रोमान्टिक जेनेलिया

काठमाडौं । संगीतकार तथा गीतकार राजेश श्रेष्ठको गीत ‘मिठो मिठो मायाको मौसम छ’ सेलीब्रेटी नेपालको यु ट्युबबाट सार्वजनिक गरिएको छ । रोमान्टिक भावमा तयार पारिएको यो गीतमा संगीतकार गीतकार राजेशले आफ्नो रचना शिल्प र संगीत कौशल देखाएका छन् । गीतमा मेचु धिमालको स्वर छ ।

हेरुका लामाको कोरियोग्राफÞी र निर्देशनमा बनेको भिडियोलाइ सुरेश काफ्लेले छायांकन गरेका हुन् भिडियोमा बिष्णु खड्काले सम्पादन र कलर करेक्सन गरेका छन् । निर्देशक स्वयंम र मोडल जेनेलिया श्रेष्ठको अभिनय रहेको छ ।