काठमाडौं । तीन वर्ष अघि गएको विनाशकारी महाभूकम्पले एक परिवारमा पु¥याएको क्षतिलाई विषयबस्तु बनाएर निर्माण गरिएको फिल्म ‘कालो वर्ष’ को टिजर सार्वजनिक भएको छ । लक्षु गौतमको निर्देशन रहेको फिल्म आगामी वैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
निर्देशक गौतमले भूकम्पपछि थुप्रै युवाहरु विदेश पलायन भएको, घरबारविहीन भएको, बलात्कारका घटनाहरु बढेको लगायतका समस्या उठान गरिएको बताइन् । फिल्ममा ओकेश पनेरु र अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्का फिल्मका निर्माता हुन् ।
फिल्मलाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । सुवास देवकोटाले फिल्मको सम्पादन गरेका हुन् । यसको कथा, पटकथा तथा संवाद ओकेश पनेरी हो ।