इन्स्टामा विछोडिएका आसिफ–रेश्माको हेरन कान्छीमा मिलन

काठमाडौं । गायिका मेलिना राई र राज खम्बुको गीत ’हेरन कान्छी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको संगीत र दिनेश सुवेदीको शब्द छ । ‘इन्स्टाको फोटो’ बोलको गीतमा विछोडिएका आसिफ शाह र रेश्मा घिमिरे ‘हेरन कान्छी’मा भने मिलेका छन् ।

आसिफ र रेश्मा फिचर्ड भिडियोमा राजिव समर र शिशिर खातीको कोरियोग्राफी छ । अंशु राई निर्माता रहेको गीतमा सान थापाको निर्देशन छ । भिडियो जी २१ ले बजारमा ल्याएको हो ।

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई सांगीतिक रुप दिइएको छ ।