कप्समा सुन्दरी देखेर कसको आँखा सन्कियो ?

काठमाडौं । आगामी जेठ १७ बाट रिलिज हुने फिल्म ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत ‘सुन्दरी देखेर आँखा सन्कियो’ सार्वजनिक भएको छ । आइटम फ्लेभरको गीतमा फिल्मका खलचरित्र फिचर्ड छन् भने भिडियोमा प्रहरी अधिकृतका रुपमा अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ । गीतमा मिना निरौला र स्वयम्भुराज शाक्यको स्वर, स्वयम्भुराजकै संगीत र सुरेन्द्र रानाको शब्द छ ।

कलाकार सम्राट सापकोटाले निर्देशन गरेको फिल्मले प्रहरी सेवाको कथामा केन्द्रित विषयलाई देखाउनेछ । गीतमा नृत्य कलाकार रिया प्रधानकोे नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

फिल्ममा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । फिल्मलाई राम शाक्यले निर्माण गरेका हुन् ।