बोहिमेनको हिरो जेम्स बोण्डमा भिलेन

लसएन्जल्स(एजेन्सी) । ओस्कार अवार्ड विजेता रामी मलिकले २५ औं संस्करणको जेम्स बोण्ड फिल्ममा भिलेन चरित्रमा अभिनय गर्ने भएका छन् । गायक फ्रेडी मर्करीको बायोपिक फिल्म ‘बोहिमेन राप्सोडी’मा रामीले प्रमुख भूमिकामा अभिनय गरेका थिए । जेम्स बोण्डको २५ औं संस्करणको नाम फाइनल भइसकेको छैन ।

यो फिल्म आगामी वर्षको अप्रिलमा रिलिज हुनेछ । फिल्ममा डेनियल क्रेगले शीर्ष भूमिकामा अभिनय गर्नेछन् । समाचार अनुसार आधुनिक प्रविधिप्रति विज्ञ रहस्यमयी भिलेनको चरित्रमा रामीलाई फिल्ममा देखाइनेछ ।

मलिकको भूमिकामा बारेमा अन्य केही खुलाइएको छैन । तर उनले भिडियो सन्देशमार्फत आफु अनुबन्धित भएको पुष्टी गरेका छन् । ‘म समूहमा आबद्ध रहेर काम गर्न निकै इच्छुक छु ।’ उनले भनेका छन् ।