सुनमाला लिएर आइन् सुनिता

काठमाडौं । गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो । गीतिसङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, पत्रकार सुमन खरेल, एनटिभी प्लसका प्रमुख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

म्युजिक नेपालको प्रस्तुति रहेको गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन् । गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा…’, ‘शितल हिमाली हावा…’ ‘साथी नै चाहिँदा…’, ‘शिर शिर सिरीरी…’लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ । एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएकाछन् ।

एकदशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ‘ए बतास…’ बोलको गीत बजारमा आएको थियो । सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा यस अघि सुनिताले ‘कहिले हार कहिले जीत…’ बोलको साङ्गीतिक कार्य गरेकी थिइन भने ‘सुनमाला’ दोस्रो सहकार्य हो ।

रेडियो नेपालबाट हुने स्वर परीक्षा उतीर्ण गरेपछि यस क्षेत्रमा होमीएकी सुनिताले ललितकला क्याम्पस र श्री सङ्गीत पाठशालामा साङ्गीतिक ज्ञान हासिल गरेकी छन् । हाल शंकरदेव क्यापसमा मास्टर्सलेवलको अध्ययन गरिरहेकी सुनिता ‘सुनमाला’ गीतिसङ्ग्रमा माया प्रेम, देश प्रेमका साथै प्राकृतिक सौन्दर्यलाई समेत समेटेर गीत तयार गरिएकोले स्रोता÷दर्शकको लागि सुनकैमाला सावित हुनेमा आशावादी छिन् ।

लोक, आधुनिक, भजन, गरेर दुईदर्जन भन्दा बढी गीत गाइ सकेकी सुनिताको यस एल्वमले स्रोेता÷दर्शकको मन जित्न सक्ने बताउँछन् सङ्गीतकार सुरेश अधिकारी । एल्बममा समावेश गीतहरु म्युजिक नेपालको एप्मा सुन्न सकिन्छ भने ‘शितल हिमाली…’ बोलको गीतको भिडियो म्युजिक नेपालको युट्युव च्यानलमा हेर्न सकिन्छ । जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मि, दृश्य, रोशनी र जोयसलाई फिचरिङ गरिएको छ । विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियोलाई उज्जल ढकालले सम्पादन गरेका हुन् ।