विराजको साङ्लोमा बाधिइन् निकिता

काठमाडौं । अभिनेता विराज भट्टले डेब्यू निर्देशन गर्ने फिल्म ‘साँङ्लो’मा पूर्व मिस नेपाल निकिता चन्दक आधिारिक रुपमा नै अनुबन्धित भएकी छिन् । राजधानीमा शुक्रबार आयोजित फिल्म घोषणा कार्यक्रममा विराजले आफ्नो फिल्ममा निकिता मुख्य नायिकाको रुपमा अनुबन्धित भएको बताए ।

वैशाख २४ गतेबाट फ्लोरमा जाने फिल्म दुई करोडको बजेटमा निर्माण हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा तेजबहादुर खड्काको लगानी रहने छ । विराज भटट् फिल्म प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतका कलाकारको अभिनय रहने छ ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत, शिवम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व हुनेछ । विराजका अनुसार फिल्म भोजपुरी र हिन्दीमा पनि डब गरिनेछ