रोमान्टिक थ्रिलरमा बाजी ट्रेलर

काठमाडौं । फिल्म ‘जोनी जेन्टलमेन’, सयौं म्यूजिक भिडियो तथा ‘हाम्रो हाइस्कूल’ र ‘रङ टाईम’ जस्ता वेब सिरिज निर्देशन गरेका निर्देशक नितिन चन्दले निर्देशन गरेको नयाँ वेब सिरिज ‘बाजी’ को ट्रेलर सार्वजनिक भएको छ ।

दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जिन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको ट्रेलर रोमान्टिक थ्रिलर फ्लेबरको छ । निर्देशक चन्दले सिरिजले प्रेम, द्वन्द्व तथा बदलाको कथा बोल्ने बताए । ‘बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको छ । वियोन्ड नयाँ पुस्तामाझ चर्चित गायक, गीतकार तथा संगीतकार हुन् ।उनका ‘आईदेउ न’, ‘लै लै’, ‘किच किच’, ‘ओ मैचा’ लगाएतका गीतहरु यूट्युबमा निकै चर्चित छन् । निर्जला चर्चित आरजे हुन् । वियोन्ड र निर्जलाले ‘पर्खाई’ नामक लघु फिल्ममा अभिनय गरिसकेका छन् ।

यो सिरिज जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ । योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ । योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेब सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए ।