कसलाई शिव परियारको एक चुम्बन ?

काठमाडौं । गायक शिव परियारको नया गीत ‘एक चुम्बन’को भिडियो सार्वजनिक भएको छ । डान्सिङ फ्लेवरको सार्वजनिक गीतमा गायक शिवकै संगीत र श्वेता मैनालीको शब्द तथा बिजेस्वर राज तन्डुकारको संगीत संयोजन रहेको छ ।

भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ । इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो अमुक डान्स प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरु माझ अत्यन्त चर्चामा रहेका डान्स प्लसका उपबिजेता सुजन मार्पा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेको गीतलाई म्युजिक भिडियो पनि गीत जस्तै निकै रमाइलो र फरक तरिकाले निर्माण गरिएको छ ।

गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् । नेपाली म्युजिक भिडियोको दुनियामा फुल क्रोमा सुटिंग गरिएको यस भिडियोलाई विकाश ज्ञवालीले थ्रीडी एनिमेसन सहित ग्राफिक्स गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोलाई बजारमा आइरहेको म्युजिक भिडियो भन्दा फरक तरिकाले निर्माण गरिएको छ । गीत श्वेता मैनालीको एकल शब्द तथा शिव परियारको एकल गायन र संगीत रहने शिव परियारको १२ औ सांगीतिक संग्रह ‘शिवालय भाग २’ मा समाबेश रहने छ ।गीतलाई शिव परियारको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ