अंकितलाई साम्राज्ञी र नीताको रातो टिका

काठमाडौं । अघिल्लो फिल्म ‘जय भोले’को सफलतापछि निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ फिल्म ‘रातो टिका निधारमा’को निर्माण घोषणा गरेका छन् । आफ्नै लेखन, निर्देशन रहने यो फिल्मको आईतबार राजधानीमा एक समारोहबीच निर्माण घोषणा गरियो ।

फिल्मबाट आफ्नै छोरा अंतिक शर्मालाई उनले नायकको रुपमा डेब्यु गराएका छन् । यो फिल्मको १० जेठबाट झापादेखि छायाँकन सुरु हुने भएको छ । फिल्ममा अंकितसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुँगाना, बुद्दि तामाङ, खुस्बु खड्का, राजाराम पौडेल, रविन्द्र झा, शिबहरि पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठसहितको कलाकारको मुख्य भूमिका योच फिल्ममा रहने छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ फिल्म रातो टिका निधारमा नयाँ अभिनेता अंतिक शर्माको जोडी बनेर प्रस्ततु हुँदैछिन् । यो फिल्ममा अभिनेत्री साम्राज्ञी पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिँदै छिन् । फिल्ममा अंकित र साम्राज्ञी जोडी बनेर प्रस्तुत हुन लागेका हुन् । यो फिल्म र अँकितको दुई नायिका हुनेछन् । साम्राज्ञीसँगै फिल्ममा निता ढुगाना पनि अंकितकै जोडी बनेर रातो टिका निधारमामा प्रस्तुत हुँदैछिन् । यो फिल्म आगामी दशैंमा रिलिज गरिने भएको छ ।

यो फिल्मको निर्मातामा किरण शर्मा र कृति शर्मा रहेका छन् । बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, कल्याण सिंहको संगीत रहेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहने छ ।