लसएन्जल्स(एजेन्सी) । कैयौं वर्षदेखि लगातार प्रसारण भइरहेको टेलिभिजन शो ‘ह्वु वान्ट्स टु बी अ मिलिनियर’ रद्ध गरिएको छ । सन् २००२ पछि यो शो १७ वर्षदेखि नियमित प्रसारण हुँदै आएको थियो । अन्तर्राष्ट्रिय भर्सनको यो अंग्रेजी शोको प्रसारण एबीसी च्यानलबाट भइरहेको थियो । समाचार अनुसार १७ वर्षको यो सफल प्रसारण पछि सन् २०१९–२० संस्करणमा टेलिभिजनमा हेर्न पाइनेछैन ।
शोको उत्पादन वेलक्रेस्ट प्रोडक्सनले गर्दै आएको छ । यसको वितरणको जिम्मेवारी एबीसी होम इन्टरटेनमेन्ट एन्ड टीभी डिस्ट्रिब्युसनले गरेको थियो । यो शो सन् १९९९ मा एबीसीको प्राइम टाइम स्लोटमा पहिलोपटक प्रसारण भएको थियो ।
यो शो सन् २००२ सम्म नियमित प्रसारण हुँदै आएको थियो । शोको होस्ट रेजिस फिलबिन थिए । जसलाई दर्शकले निकै मनपराएका थिए । यसपछि मेरेडिथ भाइराले सन् २०१३ सम्म शो चलाए ।
यसपछि सन् २०१५ सम्म शोलाई टेरी क्रिउज र क्रिस हेरिसनले सञ्चालन गरे । शोको भारतीय संस्करणलाई अमिताभ बच्चन र नेपाली संस्करणलाई राजेश हमालले सन्चालन गरिरहेका छन् ।