यशस्वी र पूर्णिमालाई उपाधि

काठमाडौं । राजधानीमा हालै भएको ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९’ प्रतियोगितामा यशस्वी राणाले ‘टिन प्रिन्सेस इन्टरनेसनल नेपाल २०१९’को ताजसँगै ‘टिन ट्यालेन्ट’, ‘पर्सनालिटी’, ‘वेष्ट इन्ट्रोडक्सन’, ‘वेष्ट रनवे’को विधागत अवार्ड पनि जितेकी छन् । प्रतियोगितामा पूर्णिमा गुरुङ ‘प्रि टिन प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९’को ताजसँगै ‘फ्रेन्डशीप’ विधाको अवार्ड विजेता भइन् ।

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९’ का रुपमा प्रायुश श्रेष्ठ र न्यान्सी गुरुङ सफल रहे । न्यान्सीले प्रतियोगितामा ‘वेष्ट इन्टरभ्यु’ र ‘लिटिल ट्यालेन्ट अवार्ड’ पनि उचालिन् । यसैगरी ‘मिनी प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९’ का रुपमा इथन तामाङ र दृष्टिना शाक्य चयन भए । इथन ‘मिष्टर फोटोजेनिक’ र ‘मिष्टर वेष्ट ड्रेस अवार्ड’ पनि सफल रहे भने दृष्टिना ‘मिनि ट्यालेन्ट’ विधाका पनि विजेता बनिन् ।

मिनी, लिटिल, प्रि टिन तथा टिन विधाका विजेताहरुले आगामी जुलाई ९ देखि १५ सम्म थाइल्याण्डको बैकक, अयुथ्या र पटाया शहरमा संचालन हुने १९ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.को आयोजनामा रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितामा ओजस बस्नेत वेष्ट स्माइल, आहाना अर्याल चार्मिङ, दृष्य शाक्य मिष्टर पर्सनालिटी, सत्विशा भण्डार मिस फोटोजेनिक, काव्य तिमल्सिना लिटिल मल्टिमिडिया, अनिशा श्रेष्ठ टिन मल्टिमिडिया तथा किन्जल तिमल्सिना मिस वेष्ट ड्रेस अवार्डका विजेता चयन गरिएका थिए ।