रोशनीको भगवान कसममा रोमान्टिक राज–रोशनी

काठमाडौं । गीतकार रोशनी खनालको शब्द रहेको ‘भगवान कसम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक राज सिग्देलको संगीत र स्वर छ । भिडियोमा गीतकार रोशनी र गायक राज फिचर्ड छन् । गीतमा पनि रोशनीले आफूलाई गीतकार र गायक राजले गायककै रुपमा प्रस्तुत गर्दै गीत रेकर्डिङ ताका भएको भेटपछि टुसाएको दुईको प्रेमलाई देखाइएको छ ।

राजधानीको एकस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा हरि हुमागाईको छायांकन, कसम नेपालको सहायक निर्देशक र राजेश शाहको सम्पादन तथा निर्देशन छ । भिडियो गायक राजकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।