लाखौं सपना बाँड्दै आकाश र वर्षा

काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका वर्षा शिवाकोटी फिचर्ड ‘लाखौं सपना’ को भिडियो सार्वजनिक भएको छ । गीतमा हेम मोक्तान तामाङको शब्द र स्वर समावेश छ । स्वरमा उनलाई गायिका प्रबिशा अधिकारीले साथ दिएकी छिन् ।

ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा उदयराज पौडेलको अरेन्ज छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, राज महर्जनको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ । भिडियोमा मिलन चाम्सको निर्देशन छ ।