प्रमोद खरेलको नरमाइलो भिडियो सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘नरमाइलो लाग्छ होला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता तथा लेखक जीवन थापा ‘क्षिजित’ अभिनित भिडियो विन्ध्यवासिनी म्युजिकको युट्युबमार्फत सार्वजनिक भएको हो । भिडियोमा अभिनेता थापाका साथमा एलिना श्रेष्ठ र दीपेन्द्र कार्कीले अभिनय गरेका छन् । नवमोडल एलिनाको यो दोस्रो भिडियो हो भने दीपेन्द्रको पहिलो ।

गीतकार रमेश कोइरालाको शब्द तथा सङ्गीतकार रत्नबहादुरको सङ्गीत रहेको भिडियो युवा निर्देशक गणेश उपाध्यायले निर्देशन गरेका हुन् । खरेलको ‘दिलदिल’ नामक एल्बममा समाविष्ट उक्त गीति भिडियो केदार राईले छायाङ्कन गरेका हुन् । भिडियोमा अति मिलनसार गरिब परिवारका दाजुभाइका बीचमा एउटी केटीका कारण आएको मनमुटाबको कथा उनिएको छ ।