मिस ग्राण्ड इन्टरनेसनललाई भेनेजुएला जाने अवसर

काठमाडौं । भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’का लागि नेपाली प्रतिनिधि खोज्ने उदेश्यले ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना हुने भएको छ । बलिक्लब गु्रपले बलिउड सोडाउन कम्पनीमार्फत नेपालमा पहिलो पटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो ।

शुक्रबार राजधानीमा एककार्यक्रमको आयोजना गर्दै सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो । प्रतियोगितामा १७ वर्षदेखि २७ वर्षसम्मका न्यूनतम ५ फिट ५ इन्च उचाही भएका नेपाली युवतीलेमात्र सहभागीता जनाउन पाउनेछन् । प्रतियोगिताको लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसन मार्फत २५ प्रतियोगी छानिनेछ । २० दिनको आन्तरिक ग्रुमिङ कक्षा लगायत बिभिन्न तालिम सहित प्रतियोगिलाई अन्तिमस्पर्धामा उतारिने आयोजकले बलिउड सोडाउन कम्पनीका निर्देशक ह्यानसन गौचनले बताए ।

मिस ग्राण्ड इन्टरनेसनलको नेपाल निर्देशक सुरेस तामाङ रहेका छन् । इप्लानेट प्राइभेट लिमिटेडले सम्पुर्ण इभेन्ट ब्यवस्थापन गर्ने प्रतियोगितामा सहभागीका लागि कुनै पनि शुल्क नलाग्ने कार्यक्रममा आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका लागि आवेदन फाराम अनलाइन(www.missgrandnepal.com)मार्फत भर्न सकिनेछ ।

प्रतियोगिताका बिजेताले भेनेजुएलामा केही समयपछि आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ नेपालको प्रतिनिधित्व गर्न पाउनुका साथै बिभिन्न उपहार समेत जित्न सक्ने इप्लानेट प्राइभेट लिमिटेडका अध्यक्ष सन्तोस सापकोटाले बताए ।