४५ दिनमा सकियो गोर्खे

काठमाडौं । कोजु इन्टरटेनमेन्टको ब्यानरमा हरि लामाको प्रस्तुती र तिर्थराम कोजु तथा हरि थापाको निर्माणमा तयार भएको फिल्म ‘गोर्खे’को छायांकन सकिएको छ । ललितपुरको चापागाउँस्थित बज्रबाराही मन्दिरको जंगलमा हालै फिल्मको केहि दृश्य छायांकन गर्दै ४५ दिनपछि इण्ड्क्ल्याप गरिएको छ ।

पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंलगायतका स्थानमा छायांकन गरिएको फिल्ममा शंकर महर्जनको निर्देशन छ । उनका अनुसार फिल्मले गोर्खे बन्ने सपना बोकेका पाँच युवाहरूको कथालाई देखाउनेछ । फिल्ममा रवीन्द्रप्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई लगायतको अभिनय छ ।

फिल्ममा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कंडेलको छायांकन, काजी लिम्बुको कथा, शिव विकको कोरियोग्राफी, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत, मित्र डी गुरुङको सम्पादन र सुनिल मानन्धरको वितरण छ ।