गीत गजल फस्टलुकमा रुप र आरोही

काठमाडौं । रुप पोखरेल र आरोही सिंह स्टारर फिल्म ‘गीत गजल’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । नितिन चन्द निर्देशित फिल्मले फस्टलुक सार्वजनिक सँगै आगामी असोज २४ गतेलाई रिलिज मिति पनि तोकेको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको एक गीतको छायाँकन भारतको गोवामा गरिएको छ ।

फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो सिनेमाबाट रुप पोखरेल र आरोही सिंहले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् । दुबै सिनेमालाई लिएर निकै उत्साहित छन् । सिनेमाको पहिलो गीत यही शुक्रबार रिलिज हुँदैछ ।