र्याप गीत गाउँदै नवाजुद्धिन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी हालका दिनमा आफ्नो वेभसिरिज ‘सेक्रेट गेम्स’को दोस्रो सिजनलाई लिएर चर्चामा छन् । सिरिजको ट्रेलर सार्वजनिक हुनासाथ नवाजुद्दीनको कामको चर्चा पनि सुरु भएको छ । नवाजुद्धीनलाई यतिबेला कामको कुनै समस्या छैन । उनी यो वेभसिरिजपछि ‘रात अकेली हे’ र ‘बोले चुडिया’मा देखिँदैछन् । नवाजुद्दीनका भाइ शम्सको निर्देशनमा बनिरहेको यो फिल्मको सुटिङ जुलाई २५ मा राजस्थानको झुन्झुनु जिल्लाबाट शुरु हुनेछ ।

समाचार अनुसार नवाजुद्दीनले यो फिल्मको एक गीतका लागि ¥याप गीत गाउने भएका छन् । गीतको बोल ‘स्वेगी चुडिया’ रहनेछ । फिल्मका निर्देशकका अनुसार फिल्मले चुरा बेच्ने एक व्यापारीको कथा प्रस्तुत गर्नेछ । जो पछि आफै चुरा उत्पादन गर्ने उद्योग सञ्चालन गर्छ । उसले आफ्नो उत्पादनलाई बजार प्रवद्र्धन गर्नका लागि यही गीत गाउँदै हिड्छ ।

‘जब मैले उनलाई गीतको बारेमा कुरा गरे, उनले अलिक असहज महशुस गरे । तर कम्पोजर कुमारसँग केही समय अभ्यास गरेपछि उनी गीत गाउनका लागि अभ्यस्त भए’, निर्देशक शम्सले भने, ‘उनी गीत गाउनका लागि उत्साहित छन् । ¥याप गीतका लागि थोरै रस्टिक फ्लेभर दिइएको छ । यो गीत राजस्थानमा सुट गरिनेछ ।