तिहारमा आउँदै भुवनको मिस्टर नेपाली

काठमाडौं । निर्देशक देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’को छायांकन करिब ४५ दिनमा सकिएको छ । निर्माण युनिटले आइतबार राजधानीमा आयोजित समापन कार्यक्रममा फिल्म आगामी तिहार छेकोमा रिलिज हुने बताए ।

फिल्ममा अभिनेता भुवन केसी दोहोरो भूमिकामा देखिँदैछन् । उनले फिल्मले व्यावसायिकतासँगै राष्ट्रियता बोकेको बताए । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन नवलपरासी र काठमाडौमा गरिएको छ । फिल्ममा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । फिल्ममा उनको साथमा, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

नव–कलाकार साहिल र कुसुमले एउटा राम्रो फिल्ममा काम गरेको सुनाए । फिल्मका निर्देशक देव भुषालले सबैको साथ र सहयोगले फिल्मको छायांकन कुनै अवरोध विना सकिएको र एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताएका थिए ।

यो फिल्ममा प्रेमराज दाहालको लगानी छ । फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्मले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउनेछ ।