काठमाडौं । सङ्गीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको रेखाको गीतमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै रेखा र अन्य कलाकारको पनि आकर्षक नृत्य रहेको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो तीजगीतमा कृष्ण बि.क.को एरेञ्ज र श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ ।
विदुर सिवाकोटी नृत्य निर्देशन, भिजन सिवाकोटीको सहायक निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायाँकन गरेको हो । मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
‘तीजमा मौलिक तीज गीत स्रोता–दर्शकमाझ हामीले पस्किएका छौ सबैले मन पराइदिनेमा आशावादी छौ’, गायिका तथा सङ्गीतकार रेखाले भनिन् ।