रोमान्स र एक्सनमा सोच टिजर

काठमाडौं । एक्शन लभ स्टोरी फिल्म ‘सोच’को टिजर सार्वजनिक भएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना,पूजन सिंह र किरण थापा फिचर्ड छन् ।

आगामी भदौ २० गते प्रदर्शन हुने फिल्ममा प्रज्वल,नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् । गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामिछाने र पूजन सिंहको कोरियोग्राफी छ ।

बिदुर पाण्डेले खिचेको फिल्मको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् । फिल्मले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले बितरण गर्दैछ ।