छायांकनमा दिलिपको हेल्लो काशीराम

काठमाडौं । निर्देशक रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने फिल्म ‘हेल्लो काशीराम’ को छायांकन सुरु भएको छ । कमेडी जनराको फिल्ममा नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको अभिनय छ । फिल्म कमेडी फ्लेभरमा बन्नेछ ।

पी.बि.थापा सह निर्माता रहेकोफिल्ममा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राई, सरोज केसी, सुमन खाँडलगायतको अभिनय रहनेछ । फिल्ममा यम आले मगरको छायांकन, जीवन गौतमको मुख्य सहायक निर्देशन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र हमालको श्रृंगार र लिसन डिसीको प्रोडक्सन छ । फिल्मको छायांकन २५ दिनमा सक्ने निर्माण पक्षले जनाएको छ ।