काठमाडौं । आगामी मंसीर ६ गते रिलिज हुने फिल्म ‘च च हुई’ को पहिलो गीत ‘सिल्की सिल्की बाल’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको गतिमा राजनराजकै संगीत तथा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द छ ।
गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । गीतलाई मुस्ताङको छुसाङमा छायांकन गरिएको हो । झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्ममार्फत निर्माणमा आउँदैछन् ।
यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायांकन रहेको छ । ‘च चहुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।
फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।