रेलमा दबंग ३ प्रमोसन गर्दै सलमान

मुम्बई(एजेन्सी) । भारतीय रेल र बलिउडको सम्बन्ध दशक पुरानो छ । तर यो सम्बन्धमा अभिनेता अक्षय कुमारले नयाँ रंग जोडेका छन् । अक्षयले हालै आफ्नो फिल्म ‘हाउसफुल ४’ को प्रमोसनका लागि पुरै रेल नै बुक गरेका थिए । अब अक्षयको यो शैलीलाई अर्का अभिनेता सलमान खानले पनि पछ्याउने भएका छन् ।

कैयौं फिल्म निर्देशक, निर्माता, प्रोडक्सन हाउस र ठूला फिल्म स्टार पनि अब भारतीय रेलको ढोकामा उभिएर आफ्नो फिल्म, सिरियल र रियालिटी शोको प्रमोसन गर्न लालयित छन् । सलमान आफ्नो रिलिज हुन लागेको फिल्म ‘दबंग ३’को प्रमोसनका लागि रेल बुक गर्ने तयारीमा छन् ।

समाचार अनुसार उनी दर्जन बढी रेलको बुक गरेर आफ्नो फिल्मको प्रमोसन गर्ने सोचमा छन् । सलमानसँगै मरजांवा, ए से प्यार से फरार, सांड की आंख र दीपिका पादुकोणको फिल्म पनि प्रमोसनको तयारीमा छन् ।

प्रमोसन अन ह्वील्सका लागि रिलायन्स इन्टरटेनमेन्टले वेस्टर्न रेल्वे प्रति चासो देखाएको छ । यतिमात्र होइन, अमिताभ बच्चनको सबैभन्दा चर्चित शो ‘कौन बनेगा करोडपति’ र कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’को प्रमोसन पनि रेलमै गर्ने योजना बनिरहेको छ ।

फिल्म हाउसफूल ४ को प्रमोसनका समयमा मुम्बईबाट दिल्ली चल्ने विशेष रेलमा फिल्मको पोस्टर रेलबाहिर टासिउको थियो । रेलमा फिल्मका कलाकारलाई मिडियाले अन्तरवार्ता पनि लिएको थियो । जुन प्रमोसन चर्चित पनि बनेको थियो ।