शो बढाउँदै पोई पर्यो काले

काठमाडौं । पुजा शर्मा, सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘पोई पर्यो काले’ले क्युएफएक्स च्यानलमा शो बढाउँदै लगेको छ । गत कार्तिक ८ गतेबाट सोलो प्रदर्शनमा आएको यो फिल्मका लागि क्युएफक्सले बुधबार र बिहीबार आफ्नो च्यानलमा १३ शो दिएको छ । फिलमाई भाइटिकाको दिन १२ शो दिएको थियो ।

दिपावलीको छेको पारेर गत रिलिज फिल्म मंगलबार अर्थात् भाइटिकाको दिन दिउसो २ बजेबाट सबै जसो हलमा हाउसफूल व्यापार गरेको निर्माता किरण नेपालीले बताए । अभिनेत्री पुजा शर्मा गोपी कृष्ण हलमा पुग्दा सेल्फी खिच्नेको भिड राम्रै देखिन्थ्यो । चाडबाड र बिदाको बेलामा दर्शकहरुले नेपाली फिल्मलाई राम्रै साथ दिँदै आइरहेका छन् । भाइटिका लगाएका दर्शकहरुले फिल्म हेरेर मनोरञ्जन लिए ।

निर्देशक शिशिर राणाले मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा फिल्मले दर्शकको साथ पाई रहेको बताए । शुक्रबार देखि आज सम्मको कलेक्सन सार्बजनिक नगरे पनि व्यापार बाट निर्माण टिम सन्तुस्ट रहेको छ। सेन्सर बोर्ड बाट युनिभर्सल प्रमाणपत्र पाएको फिल्मले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ
किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।