कृपा अनप्लग्डमा कन्दरा व्याण्ड

धरान । नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छ । गत वर्ष धरान, दमक, बिर्तामोड र बुटवलको सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुराना संगै नया गीतहरु ल्याएर दर्शकश्रोताहरुको उत्तिकै माया पाइरहेको छ ।

अहिलेको नयाँ पुस्तामाझ पनि कन्सर्ट, सोसल मिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीतहरु ‘तिमी पारी त्यो गाउंमा’ र ‘लेक कि हे माया’कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ ।

९० को दशकको यो दुई गीत कन्दरा को क्यारियरकै उत्कृष्ट गीत मानिन्छ । रिलिजको ३ र ४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्ससँगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक विवेक श्रेष्ठ बताउछन् ।

नेपालमा लाइभ सांगीतिक प्रस्तुतिलाई अर्कै उचाईमा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ । जसकारण यही कार्यक्रमको लागि ब्यान्डका गायक बिबेक श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आई ब्यान्डसँग प्रत्यक्ष प्रस्तुत भएका थिए । विगत २७ बर्षदेखी कन्दरा नेपाली संगीतमा अनवरत लागि रहेको छ । कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डाँडापारी, बिदेसिएर गईन उनि, फुल्चोकीको डाडैमा लगायतका गीत चर्चित मानिन्छन् ।