सुरजको कसलाई एल ओ भी इ लभ

काठमाडौं । संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘एल ओ भी इ लभ’ को ओएसआरडिजिटलमार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेको छ । भिडियोमा रामेश्वर हुमागाईको छायांकन, प्रदिप श्रेष्ठ नृत्य, बिष्णु खड््काको सम्पादन र रबिको मेकअप रहेको छ ।

भिडियोमा बिकाश, श्रेया र पूजनको केमेष्टि निकै राम्रो देखिएको छ । गायक पौडेलको यो छैठौं भिडियो हो । गायक पौडेलको ‘लब यु टु’ को दोस्रो एल्बमको पहिलो सार्बजनिक गित हो ।