क्रिकेटर बन्दै अनुष्का

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री अनुष्का शर्मा भारतीय महिला क्रिकेट टीमको पूर्व कप्तान झूलन गोस्वामीको बायोपिकमा झूलनको भूमिकामा अभिनय गर्ने भएकी छन् । अनुष्का शर्मा हालका दिनमा आफ्नो भूमिकाको तयारीका लागि क्रिकेटको प्रशिक्षण लिइरहेकी छन् ।

अनुष्काले बलिउडमा आफ्नो स्थान बनाएर वर्षौदेखि दर्शकको मन जितिरहेकी छन् । पछिल्लो एक वर्ष अनुष्काले कुनै पनि फिल्ममा काम गरिनन् । उनको पछिल्लो रिलिज फिल्म सन् २०१८ को ‘जिरो’ थियो । झन्डै एक वर्षको ग्याप पछि उनी भारतीय महिला क्रिकेट टीमकी कप्तान झूलन गोस्वामीको बायोपिकमा गोस्वामीकै भूमिकामा देखिन लागेकी हुन् । गोस्वामी भारतकी तेज बलर हुन् ।

अनुष्कालाई हालका दिनमा भारतीय क्रिकेटर जेमिमाह रोड्रिक्सका पिता इवान रोड्रिग्स र भारतीय क्रिकेट टीमका कोच प्रशान्त सेठ्ठी तालिम दिइरहेका छन् । अनुष्काले पनि गोस्वामीको भूमिका निभाउनका लागि मन्जुरी दिएक्ी छन् । अनुष्काको शारीरिक बनावट गोस्वामीसँग मिल्दो जुल्दो रहेकाले पनि अनुष्का छनोटमा परेको निर्माण युनिटले जनाएको छ ।