रोशनले सम्झिए इलामको माया

काठमाडौं । इलामेली गायक रोशन गुरुङको गीत ‘इलामले सम्झायो माया’को भिडियो सार्वजनिक भएको छ । झन्डै दशक अघि उनले गाएको यो गीतको हालै मात्र भिडियो सार्वजनिक भएको हो । गीतमा लेखनाथ पोखरेलको शब्द तथा गणेश गुरुङको संगीत छ ।

भिडियोमा गीतको मर्म अनुसार इलामका विभिन्न पर्यटकीय स्थलको दृश्य समेटिएको छ । भिडियोमा गायक रोशन र मोडल आशा लेप्चा फिचर्ड छन् ।

भिडियोमा दीपेन गुरुङको छायांकन र रविन थापा मगरको सम्पादन छ ।