काठमाडौं । संगीतकार एवम् रचनाकार मनिष वशिष्ठको सर्ट फिल्म ‘बाघ’ सार्वजनिक भएको छ । मनिष वशिष्ठकै कथा, स्क्रिप्ट तथा कन्सेप्ट रहेको सर्ट फिल्म जीवन भट्टराई फिचर्ड छन् । सन् २०१३ मा नेपालको बर्दियामा रहेको एक ग्रामिण भेगमा एक नरभक्षी बाघले मच्चाएको आतंकसँग सम्बन्धित रहेर ‘बाघ’ निर्माण गरिएको हो । निकेश खड्काको निर्देशन तथा पटकथा रहेको ‘बाघ’मा होमी साइडल सोम्नाबुल्जिमको बारेमा कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
होमीसाइडल सोम्नाबुल्जिम भनिने होमीसाइडल स्लिपवाकिङ वा स्लिपिवाकिङ मर्डर निन्द्रैमा हिड्ने बेला कसैको हत्या वा वध गर्ने एक डिसअर्डर हो । यसकै कथामा रोचक शैलीमा प्रस्तुत गरिएको छ । निन्द्रैमा हिड्ने बेला कसैको हत्या गर्ने घट्ना यदाकदा हुने भएकोले यसकै आधारमा सर्ट मुभी बनाइएको निर्माण टिमले जनाएको छ।
बुद्ध लामाको सिनेमेटोग्राफी रहेको मुभीमा सम्पादन रुपेश खड्का र ओम पौडेलले गरेका हुन् भने ग्राफिक्स ओम पौडेलले नै गरेका हुन्। लक्ष्मी बर्देवाको सहायक निर्देशन रहेको सर्ट मुभीमा संगीत मनिष बशिष्टकै रहेको छ । लगभग १३ मिनेट लामो सर्टमुभीलाई सकारात्मक प्रतिक्रिया दिईएको छ । ‘बाघ’ एमबी क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।