कोरोना कहरः भोकभोकै मरे जनावर

इस्लामाबाद(एजेन्सी) । कोरोना भाइरसको संकटसँग जुधिरहेको पाकिस्तानमा सयौं बेवारिसे जनावरको मृत्यु भएको छ । पाकिस्तानका ठूला शहरमा लकडाउनका कारण आवतजावतमा रोक लगाएपछि यहाँका जनावर बजारमा पिँजडामा बन्धक सयौं बिरालो, कुकुर र खरायो मृत भेटिएका ह्न् । कराँचीको एम्प्रेस बजारमा भेटिएका जिउँदा जनावरहरुलाई बचाइएको छ ।

पिँजडामा कैद गरिएका जनावरका लागि जनावर अधिकारकर्मीहरुले बचाउनका लागि अपिल गरेका थिए । एसीएफ एनिमल रेस्क्यू नामक संस्थाका आयशा चन्दुरीगरले भोकभोकै अवस्थामा रहेका जनावरको चिच्याहट बाहिरसम्म प्रष्ट सुनिएको बताए ।

‘जब हामी भित्र पस्यौं, तीमध्ये अधिकतम् ७० प्रतिशतको ज्यान गइसकेको थियो । लाहोरमा पनि जनावरको अवस्था यस्तै भएको छ भन्ने खबर पाएका छौं ।’ उनले भने । उनले आम मानिसहरु लकडाउनका कारण घरमै बन्धक भएपछि जनावरहरु आहाराको अभावमा मरेको बताए ।