तुलसीको पात सेवनले बनाउँछ स्वस्थ्य जीवन

काठमाडौं । तुलसीलाई एक आयुर्वेदिक जडीबुटीको रुपमा लिइन्छ । यसको पात केवल प्रसादको स्वाद बढाउनका लागि मात्र प्रयोग गरिँदैन । भोजनको गुण सुरक्षित राख्न र गुण बढाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले विभिन्न बिरामीलाई राहत दिन महत्वपूर्ण भूमिका खेल्छ । तुलसीको पातले मधुमेह रोगलाई पनि नियन्त्रण गर्छ ।

मधुमेह जीवनशैलीसँग जोडिएको रोग हो । जसले शरीरको रक्तचापलाई बढाउने र घटाउने काम गर्छ । त्यसैका आधारमा मधुमेहको उपचार गरिन्छ । धेरै स्वास्थ्यविज्ञले ब्लड सुगरको तह स्थिर राख्नका लागि तुलसीको पत्ता खान सल्लाह दिने गर्दछन् ।

तुलसाको सुख्खा पत्तालाई तोरीको तेलमा मिसाएर दाँत सफा गर्दा सासको दुर्गन्ध पनि हटाउँछ । तुलसीको पत्ताको सेवनले ब्लड सुगर लेवलको स्तर ठीक गर्छ । जसकारण मधुमेहको खतरा कम हुँदै जान्छ । दाद, चिलाउने र अनुहारको अन्य समस्यामा तुलसीको झोल प्रयोग गरेको केही समयपछि ती समस्याबाट छुट्कारा मिल्छ । तुलसी र अदुवाको प्रयोगले टाउको दुख्ने समस्या हट्छ । त्यसका लागि तुलसीको पत्ता र अदुवाको रसको मिश्रण गर्नुपर्छ । मिश्रण गरेपछि त्यसलाई टाउकोमा लगाउनुपर्छ । कतैकतै यो रस टाउको दुखेको व्यक्तिलाई खुवाउने पनि गरिन्छ ।

तुलसीले मृगौलालाई मजबुत बनाउछ । यदी कसैको मृगौलामा पत्थरी भयो भने तुलसीको रसलाई महमा मिसाएर नियमित सेवन गर्नुपर्छ । यसो गरेमा ६ महिनामै स्वास्थयमा परिवर्तन देखिनेछ । तुलसीको पातको सेवनले ज्वरोको समस्याबाट पनि छुट्कारा दिन्छ । यसको प्रयोगले पेट सम्बन्धी बिरामीको पनि निदान हुन्छ । आँखाको दुखाईमा तुलसीको रसले ठूलो राहत दिन्छ । रातमा दैनिक श्यामा तुलसीको रसलाई दुवै आँखामा लगाउनुपर्छ ।
–एजेन्सीको सहयोगमा