कसैलाई नभेटी बन्यो बुहारी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका कारण घरमै बसेर सर्ट फिल्म ‘बुहारी’ निर्माण गरिएको छ । यो फिल्म निर्माण गर्दा कुनै पनि कलाकारले एकअर्कालाई भेटेका छैनन् । फिल्ममा शिरोमणि दवाडी, संगिता बस्याल, सुदर्शन आचार्य, बिमला लम्साल, बियान थपलिया, शान्ति महर्जन, मुस्कान वाग्ले, कमला बस्नेत र बालकलाकार रिम्सा कार्कीले अभिनय गरेका छन् । अहिले पनि कतिपय ठाउँमा घरको काम बुहारीले मात्र गर्नुपर्ने सन्दर्भ यसमा देखाइएको छ ।

निर्देशक पुरुषोत्तम बस्नेतले सबैजना घरमा भए पनि बुहारीले मात्र काम गर्नुपर्ने अवस्था अझै छ भन्ने देखाउन बुहारी निर्माण गरिएको बताए । उनले फिल्मले आपूmले बुहारीलाई धेरै काम लगाउँदा आप्mनो छोरी पनि अन्त बुहारी भएर गएकी छ भन्ने कुरा बुभ्mनुपर्छ भन्ने सांकेतिक सन्देश दिने बताए । लकडाउनको समयमा कतिपय काम नभेटेरै पनि गर्न सकिने निर्देशक बस्नेतको भनाई छ ।

अनिल कुमार महर्जनको सम्पादन रहेको बुहारी लघुचलचित्रको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । नेसन मिडिया ग्रुप प्रालिद्धारा निर्मित यो लघुचलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।