काठमाडौं । गत असोज २ गतेदेखि प्रदर्शनरत फिल्म ‘झिँगेदाउ २’ ले दोस्रो सातामा पनि दर्शकको साथ राम्रो पाइरहेको छ । पारिवारिक कथा र मनोरञ्जनात्मक प्रस्तुतिका कारण फिल्म हेर्न दर्शक उत्साहित छन् ।
फिल्मले पहिलो सातामा करिब डेढ करोड रुपैयाँ आसपासको व्यापार गरिरहँदा दोस्रो साताको शनिबार पनि फिल्मले हलमा राम्रो दर्शकको उच्च साथ पाएको छ । दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीतसंगीतको प्रशंसा गरिरहेका छन् । उनीहरूले कतिपय दृश्यमा खुलेर हाँसेको र कतिपय क्षणमा भावुक बनेको प्रतिक्रिया दिइरहेका छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारले अभिनय गरेका छन् ।








