काठमाडौं । हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्म हेर्नेहरूले अभिभाकहरूले आफ्ना सन्तानलाई फिल्म देखाउनु पर्ने बताएका छन् । आफ्नो अधिकार खोज्ने तर दायित्व बिर्सिने सन्तानका लागि नैतिक शिक्षा भएको दर्शकको बुझाई छ ।
उनीहरुले अभिभावकले समय निकालेर आफ्ना सन्तानलाई यो फिल्म देखाए त्यसको प्रभाव आफ्नै जिन्दगीमा पर्ने दाबी गरेका छन् । हरि लम्सालको डेब्यू निर्देशकीय फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा वसन्त लम्साल निर्माता, अनिल बुढाथोकी कार्यकारी निर्माता छन् ।








