काठमाडौं । गत भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको तेस्रो सातासम्म ६ करोड रुपैयाँभन्दा बढीको ग्रस कारोबार गरेको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार फिल्मले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। दोस्रो सातामा पनि राम्रो व्यापारलाई निरन्तरता दिँदै फिल्मले ६ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो।
तेस्रो हप्ता पनि फिल्मले १०६ शो खल्ति एपमा पाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा फिल्मले राम्रो शो तथा अकुपेन्सी कायम गरिरहेको निर्माण पक्षले जनाएको छ।
माओत्से गुरुङ निर्देशित फिल्मले पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तुलाई समेटेको छ । फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ।








