आभा आरको सन्देशमूलक घरमै बसौं न

काठमाडौं । डीएआर मुभिज एन्ड फिल्म्सले ८ वर्षीया गायिका आभा आरको स्वरमा रहेको ‘घरमै बसौं न’बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा कोरोना भाइरसले विश्व आक्रान्त पारेको अवस्थामा सरकारले जारी गरेको लक डाउन पालना गरी घरमै बसी सुरक्षित रहन सन्देश दिइएको छ ।

गीतमा प्रभावनको शब्द र संगीत छ भने गायिका आभालाई प्रभावनले स्वरमा साथ दिएका छन् । भिडियोमा गोविन्दराम दाहाल, इश्वरी उपाध्याय, श्रीराम दाहाल, याषा कोइराला, रमा दाहाल, आभा आर, दिपेश गौतम र दिपा गौतमले अभिनय गरेका छन् । भिडियोको सम्पादन कृष्ण गौतमले गरेका छन् ।

डीएआर मुभिजका सञ्चालक सदस्य राजाराम गौतमका अनुसार अन्य साना नानीहरुले पनि यो गीतमा आफ्नो मोबाइल भिडियो बनाएर पठाए उनीहरुको भिडियोलाई कम्पनीको औपचारिक पेज र च्यानलमा राखी प्रवद्र्धन गरिनेछ ।