आमिरमाथि हत्याको आरोप !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानलाई एक पाकिस्तानी न्यूज च्यानलले हत्याको आरोप लगाएको छ । उक्त च्यानलले गल्तीले यस्तो काम गरे पनि त्यो तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेको छ । आमिरका फ्यान यो घटनाबाट निकै निराश छन् ।

पाकिस्तानको ए न्यूज च्यानलले एमक्यूएमका नेता आमिर खानका विषयमा रिपोर्ट देखाइरहेको थियो । रिपोर्ट सही भए पनि रिपोर्टमा देखाइएको तस्बिर गलत परेको थियो ।

समाचारमा भनिएका आमिर खान हत्या आरोपी हुन् । च्यानलले आफ्नो गल्तीलाई सुधारे पनि त्यो समय ढिलो भइसकेको थियो । आमिर खानको तस्बिरसँगै लेखिएको समाचारका साथ भाइरल भएको थियो ।