एलिजाबेथको जन्मदिन समारोह रद्द

लण्डन(एजेन्सी) । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयले २१ अप्रिलको आफ्ना ९४ औं जन्मोत्सवको सबै पारम्परिक कार्यक्रको योजना हाललाई रद्द गरेकी छन् । बकिंघम दरबारले शनिबार यो कुराको जानकारी दिएको हो । ९३ वर्षीया महारानीको ६८ वर्षे शासनकालमा पहिलोपटक जन्मोत्सवको कार्यक्रम रद्द गरिएको हो ।

ब्रिटेनमा कोरोना भाइरसका कारण अवस्था चिन्ताजनक छ । यहाँ १५ हजार ४ सय ६४ जनाको कोरोनाका कारण निधन भइसकेको छ । हरेक वर्ष महारानीको जन्मदिनमा तोपको सलामी दिइने गरिएको छ । तर यसपटक यो कार्यक्रम रद्द गरिएको छ । उनको जन्मदिनमा मंगलबार दरबारले सामाजिक सन्जालमा तस्बिर तथा भिडियो पोस्ट गर्नेछ, जहाँ सबैले बधाई दिन सक्नेछन् ।

कोरोना भाइरसको प्रसारमा अंकुश लगाउनका लागि वर्तमान सामाजिक दुरीको उपायका कारण शाही परिवारका सदस्यले महारानीको जन्मदिनको बधाई फोन तथा भिडियो कलका माध्यमबाट दिनेछन् ।