लिरिकल भिडियोमा ताराको ए हावा

काठमाडौं । गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘ए हावा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । दीपक जंगमको संगीत रहेको गीतमा स्वरुपराज आचार्यको स्वर छ । गीतका किरण कँडेलको संगीत संयोजन, शम्भुकुमार तण्डुकारको मिक्सिङ छ । गीत प्रज्ञा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । यो गीत एल्बम ‘सुनौलो तारा’मा समावेश छ ।

लकडाउनका समयमा श्रोतालाई नयाँ स्वाद होस् भन्ने उद्देश्यले लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार अधिकारीले बताइन् । भिडियो छाँयांकन नै गर्ने योजना भएपनि लकडाउनले अहिले त्यो सम्भव नभएकाले लिरिकल भिडियो ल्याइएको उनले जनाइन् ।

‘ए हावा’ गीत अधिकारीकै युट्युब च्यानल सुनौलो तारामा अपलोड गरिएको छ । उनले गत चैत्र ५ गते एल्बम ‘सुनौलो तारा’ सार्वजनिक गरेकी थिइन् ।