हलिउड वेब सिरिजमा अलादीन उर्फ सिद्धार्थ

मुम्बई(एजेन्सी) । टेलिभिजन हेर्ने दर्शकले अलादीन नाम पक्कै सुनेका होलान् । यही नामले आम दर्शकमाझ चिनिएका अभिनेता सिद्धार्थ निगम चाँडै नै हलिउडमा देखिने भएका छन् । हालै एक अन्तरवार्तामा आफूलाई हलिउडबाट अफर आएको खुलाउँदै वर्तमान लकडाउनका कारण हलिउड प्रोजेक्टलाई होल्ड गरिएको बताए ।

‘मलाई हलिउडबाट अफर मिलेको थियो । यो वेब सिरिज हो । तर लकडाउनका कारण अहिले होल्ड गर्नुपरेको छ । अहिले म अलादीनकै काम गरिरहेको छु । बलिउडमा एक अभिनेताका रुपमा डेब्यू गर्न चाहन्छु’ उनले भनेका छन् । भारतमा मे ३ सम्म लकडाउन लगाइएको छ । लकडाउनका कारण फिल्म र टेलिभिजन शोको सुटिङ रोकिएका छन् । त्यसकारण टेलिभिजनहरु प्रसारण भइसकेका सोलाई पुनः प्रसारण गरिरहेका छन् ।

‘म जोन विक जस्तो फिल्म गर्न चाहन्छु । जसमा एक्सन र रोमान्स दुवै रहुन् । म रोमान्टिक फिल्ममा फिट रहन्छु । तर अन्तरंग दृश्य भएका फिल्ममा काम गर्न चाहन्नँ । जुन फिल्म म आप्mनी आमासँग हेर्न सक्दिनँ । हलिउडमा यस्ता दृश्यलाई स्वीकारिन्छ । तर यस्तोमा काम गर्न निकै कठिन हुन्छ’, उनले भनेका छन् । सिद्धार्थ शाहरुख खानलाई अभिनयको प्रेरणा मान्छन् । शाहरुखको काम गर्ने शैली मनपराउने उनलाई शाहरुखको जीवन्तता, आवाज मनपर्छ ।